काठमाडौँ । उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु भएको छ । 

घटना बिहीबार अपराह्न  इनर मङ्गोलिया क्षेत्रको ओर्डोसस्थित रसायन कारखानामा भएको राज्य प्रसारक चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी) ले जनाएको छ । 

ग्यास चुहिएर बिरामी परेका एक जनाको घटनास्थलमा मृत्यु भएको तथा अन्यको उपचारका क्रममा ज्यान गएको थियो । सिसिटिभीले मृतकको सङ्ख्या बढ्नसक्ने बताएको छ ।

कार्यस्थलमा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा चीनमा औद्योगिक दुर्घटना बारम्बार हुने गरेका छन् ।