काठमाण्डौ । लिबियामा विनाशकारी आँधी र बाढीका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३ सय जना पुगेको छ । 

पूर्वी लिबिया सरकारका नेताले कम्तिमा दुई हजार ३ सय मानिसको ज्यान गएको र हजारौँ बेपत्ता भएको बताएका बीबीसीले जनाएको छ । 

अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार आँधीका कारण झण्डै दश हजार मानिस बेपत्ता रहेका र मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ ।  गएको आइतबार ड्यानियल आँधीका कारण संकट उत्पन्न भएको हो ।

सबैभन्दा बढी प्रभावित सहर डेरनामा दुई वटा बाँध र चार वटा चारवटा पुल भत्किएपछि सहर पुरै डुबेको छ ।

उद्धार टोलीहरू समुद्रमा बगेको शव निकाल्न संघर्ष गरिरहेका छन् । सहरको बीचमा खोला बगेको र घर, गाडी, विद्यालय लगायतका संरचनाहरु बगाएको बताइएको छ ।