एजेन्सी । जानी नजानी हामीले हाम्रो जीवनशैलीमा गरिरहेका गल्तीले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्‍याउन सक्छ । केही बानी त्यस्ता हुन्छन् जसले दिमाग कमजोर हुन थाल्छ । आउनुहोस् जानौं ती खराब बानी र परिवर्तन गर्ने कोसिस गरौं ।

निद्रा पूरा नगर्नु : यदि, तपाईं आफ्नो निद्रा पूरा गर्नुहुन्न भने यसको सिधा असर तपाईंको दिमागमा पर्छ । दिमागलाई राम्रोसँग काम गर्नका लागि भरपूर निद्रा लिनु जरुरी हुन्छ ।

रक्सीको सेवन: यदि, तपाईं जाँडरक्सी सेवन धेरै गर्नुहुन्छ भने यसले पनि तपाईंको दिमागलाई कमजोर बनाउन सक्छ । यसले स्मरण शक्ति कमजोर हुन थाल्छ ।

जंक फुड: जंक फुडले हाम्रो दिमागलाई कमजो बनाउने काम गर्छ । दैनिक रूपमा जंक फुड खानु शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यका लागि पनि हानिकारक हुन्छ ।

सामाजिक मिडियाको धेरै प्रयोग: कुनै पनि चीज आवश्यकता भन्दा धेरै प्रयोग गर्नु हाम्रो दिमागका लागि एकदमै हानिकारक हुन्छ । सामाजिक सञ्जालको धेरै नै उपयोग गर्नु वा त्यसमा लामो समय बिताउँदा पनि यस हाम्रो रचनात्मक क्षमतालाई कमजोर बनाउँदै लग्छ ।

धुम्रपान : त्यस्तै, धुम्रपान एउटा बानी मात्र नभएर समस्या पनि हो । यसले स्वास्थ्यसम्बन्धी धेरै समस्याहरू ल्याउने गर्छ । यसले डिमेन्सिया र अल्जाइमर जस्ता बिमारीको खतरा बढ्छ ।

खराब जीवनशैली :खराब जीवनशैलीको कारणले पनि हाम्रो दिमागमा नराम्रो असर पार्दछ । अस्तव्यस्त जीवनले गर्दा विभिन्न खाले बिमारी हुन थाल्छन् र दिमाग पनि तीव्र गतिमा बुढो हुन थाल्छ ।