एजेन्सी । दही र अमला पाउडरको मिश्रणमा कयौं त्यस्ता गुणकारी पोषक तत्व हुन्छन्, जसले स्वास्थ्यसँग जोडिएका समस्या कम गर्न सहयोगी भूमिका खेल्छन् ।

आउनुहोस् जानौं दहीमा अमला पाउडर मिसाएर खाँदा हुने फाइदा बारे:

तौल बढिरहेको छ भने दहीमा अमलाको धुलो मिसाएर खानुहोस् । यसमा क्यालोरीको मात्रा कम हुन्छ र फाइबर भरपूर मात्रामा हुन्छ, जसले तौल कम गर्न सजिलो हुन्छ ।

अमला र दहीबाट बनेको राइता छालाका लागि पनि एकदमै राम्रो हुन्छ । अमला पाउडरमा भिटामिन सी भरपूर रुपमा पाइन्छ र साथमा दहीमा कयौं पोषक तत्व हुन्छन् जसले छालाको रंगलाई सफा गर्न सहयोग गर्छन्।

त्यस्तै पानीको कमीले प्रायः शरीर डिहाइड्रेट हुन थाल्छ जसले गर्दा शरीरमा अन्य समस्या बढ्न थाल्छन् । दहीमा अमला पाउडर मिसाएर खानाले डिहाइड्रेशनबाट हुने समस्याबाट बच्न सकिन्छ ।

दहीमा अमलाको पाउडर मिसाएर खाँदा पाचन तन्त्रको कार्यक्षमता पनि राम्रो हुन्छ । यस मिश्रणमा फाइबरको मात्रा भरपूर हुन्छ जसले गर्दा पेटमा ग्यास बन्ने, पोल्ने र कब्जियत जस्ता समस्या हुँदैनन् ।

दहीमा पोटाशियम र म्याग्नेशियमको राम्रो मात्रा हुन्छ जसले गर्दा रक्तचाप नियन्त्रणमा पनि सहयोग गरंछ । यसले रक्तसञ्चार पनि राम्रो बनाउँछ । उच्च रक्तचापको समस्या भएका व्यक्तिलाई धेरै फाइदा गर्छ ।