काठमाडौँ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको  छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  लगातार ८ दिन घटेपछि आज बुधबार  छापावाल सुनको मूल्य  तोलामा ३०० रुपैयाँले बढेर १ लाख ६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ४०० रुपैयाँ छ ।

 हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६हजार १०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासंघले हिजो मंगलबारकै मूल्यमा आज चाँदीको कारोबार भइरहेको जनाएको हो । महासंघका अनुसार आज चाँदी १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ