काठमाडौं । चीनमा जारी १९ औँ एसियाली खेलकुद–एसियाडअन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तान सेमिफाइनल पुगेको छ ।बुधबार श्रीलंकालाई १०८ रनमा समेट्दै अफगानिस्तान अन्तिम चारमा पुगेको हो।

अफगानिस्तानले खेल जित्न केवल ११७ रनको लक्ष्य दिएको थियो । ८ रनको रोमान्चक जित हात पार्दै उसले पदक जित्ने सम्भावना बलियो बनायो ।

अफगानिस्तान १८.३ ओभरमा ११६ रनमा समेटिएको थियो । नुर अली जद्रान एक्लैले ५१ रन बनाएका थिए। श्रीलंकका नुवान थुसाराले ३ ओभरमा १७ रन खर्चिएर ४ विकेट हात पारे। श्रीलंका १९.१ ओभरमा एक सय ८ रनमा समेटियो।

अफगानिस्तानका गुल्बादिन नाइब र क्वाइस अहमदले ३र३ विकेट लिए। १९ रन जोड्दा पहिलो विकेट गुमाएको श्रीलंका त्यसपछि लगातार दबाबमा आएको थियो।