एजेन्सी । कतिपय महिलाको माथिल्लो औठमा जुंगाको रेखी जस्तो देखिने कालो जुंगाको रेखा देखिन्छ। यी रौं पुरुषको जस्तो ठूलो नभए पनि महिला अनुहारमा अस्वभाविक देखिन्छ।

महिलको शरिरमा पुरुष हर्मन एस्ट्रोजन जन बढी भयो भने यो समस्या देखिन्छ। यो हर्मनले ओठ लगायत महिलाका शरिरभर रौं पलाउछ। एशियाली र अफ्रिकी मुलका महिलामा यस्तो समस्या बढी देखिन्छ। त्यस्तै वंशाणुगत समस्याका कारण पनि महिलामा बढीमा मात्रामा रौं पलाउछ।

कुनै निश्चित औषधीको अशर र पोलिसाइटिक ओभरी सिन्ड्रोम (पीओएस) ले पनि केही महिलाको अनुहारमा रौं पलाउछ।

जुँगाको रेखीजस्ता रौं हटाउने घरेलु उपाय:

दुध र बेसारः दुध र बेसारको प्याकले ओठको अनावश्यक रौ हटाउन सकिन्छ। एक चिया चम्चा दुधमा एक चिया चम्चा बेसारलाई मिसाएर बनाएको पेस्टलाई रौ आएको ठाँउमा दलेर आधा घन्टापछि चिसो पानीले पखाल्दा लामो समय रौं पलाउदैन।

पानी र बेसारः दुधको सट्टा पानी नै पनि प्रयोग गर्न सकिन्छ। यो उपाय निकै प्रभावकारी हुन्छ। दुई चम्चा बेसारलाई दुई चम्चा पानीमा मिसाएर बनाएको पेस्टलाई राम्रोसँग मिसाएर माथिल्लो ओठमा दल्दा यसले अप्रत्यासित परिणाम दिन्छ। पेस्टलाई करिब ३० मिनेटसम्म ओठमा राखेर बिस्तारै घोट्नुपर्छ। आधाघन्टापछि बिस्तारै चिसो पानीले पखाल्नुपर्छ।

अन्डाको सेतो भागः अन्डाको सेतो भाग दलेर पनि रौं हटाउन सकिन्छ। अन्डामा प्रोटिनको मात्रा बढी हुन्छ जसले छालालाई धेरै फाइदा गर्छ। एक चम्चा सेतो अन्डालाई एक चम्चा चिनी र एक चम्चा गहुको पिठोमा मिसाएर बनाएको पेस्टलाई माथिल्लो ओठमा लगाएर आधा घन्टपछि सो पेस्ट उक्काउदा लामो समयसम्म रौं आउदैन।