एजेन्सी । कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ ।

१. तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुुहुन्छ भने तपाईंमा संक्रमण भएको हुन सक्छ ।

२.कानेगुजी बाक्लो, सुक्खा र कालो भयो भने तपाईं बूढो हुँदै जानुभएको संकेत हो । तर जवानीमै यस्तो भयो भने चिकित्सकको परामर्श लिनुपर्छ ।

३. व्यायाम गरेपछि कानमा अलिकति पसिना आउँछ । तर कानबाट लगातार पसिना चुहिन थाल्यो भने तत्काल चिकित्सकलाई भेट्नुस् किनकि तपाईंलाई कानको दीर्घरोग लागेको हुनसक्छ ।

४.कानेगुजी पहेंलो वा हरियो वा कालो वा सेतो भयो भने तपाईंको कानमा संक्रमण भएछ भनी बुझ्नू । कानेगुजीको प्राकृतिक रंग हल्का सुन्तला र गाढा खैरो हो ।

५. कानेगुजी कत्ले खालको भयो भने अनि तपाईंको कानको प्वाल सुक्खा भयो भने एक्जेमा रोग लाग्यो । तर चिन्ता नलिनुस्, यो उपचारले ठीक हुन्छ ।

६. कानेगुजी गनायो भने कानमा संक्रमण भएछ भनी बुझ्नू ।

७.कानेगुजी नै निस्केन भने चिकित्सकको परामर्श लिनू । यो केराटिटिस ओब्टुरान्स नामक रोगको लक्षण हुनसक्छ ।