काठमाडौँ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  अघिल्लो दिन तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (मंगलबार) थप ३ सय रुपैयाँले बढेर १ लाख ८ हजार ९ सय रुपैयाँ पुगेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख ८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३५ रुपैयाँले बढ्दै १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।