एजेन्सी । गर्भावस्थामा महिलाहरुले खानपानको विशेष ध्यान दिनुपर्ने हुन्छ । किनकी उनीहरुको आहारले उनीहरुको पेटमा बढ्दै गरेको सानो शिसुलाई पनि असर गर्दछ ।

यस्तोमा गर्भवती महिलाहरुले के खाने कसरी खाने थाहा नहुन पनि सक्छ । आज हामी मखानालाई गर्भावस्थाको बेला कति खाने र यसका फाइदाका बारेमा बताउनेछौं ।

मखानामा म्याग्नेशियम, आइरन, पोटाशियम र क्याल्सियम राम्रो मात्रामा पाइन्छ । यी सबै पोषक तत्वहरु गर्भवती महिलाका लागि आवश्यक हुन्छन् । मखानामा क्यालोरी एकदमै कम हुने भएकाले यो स्वस्थ र फाइदाजनक मानिन्छ ।

यसमा आवश्यक पोषक तत्वहरु भरपूर रुपमा हुने भएकाले गर्भवती महिलाहरुले निर्धक्क सेवन गर्न सक्छन् । मखानामा राम्रो मात्रामा प्रोटिन पनि हुने भएकाले यसले आमा तथा शिशु दुबैको दिमाग तथा नर्वस सिस्टमको विकासमा सहयोग गर्छ । यस्तोमा गर्भवती महिलाले मखानाको सेवन अवश्य गर्नुहोस् ।

गर्भावस्थाको बेला महिलाहरुको शरीरमा हर्मोनल गडबडी हुने भएकाले पेट दुख्ने तथा वाकवाकी हुने समस्या देखिन्छ । यस्तोमा मखानाले पेटको दुखाईलाई पनि कम गर्न सहयोग गर्छ ।

मखानालाई पकाएर वा काँचो खान सकिन्छ । यदी तपाईंले चाहनुभयो भने यसमा थोरै घ्यू, नुन तथा मह मिसाएर पनि खान सक्नुहुन्छ । मखानालाई घ्यूमा भुटेर पनि यसको स्वाद दुई गुणा बढ्छ ।