एजेन्सी । अहिलेको समयमा धेरै मानिसहरु मधुमेहको शिकार भइरहेका हुन्छन् । प्रायः घरमा एक जनालाई मधुमेहको समस्या देखिने गर्दछ । यस्तोमा केही लक्षणहरु त्यस्ता छन् जसलाई तपाईंको हातबाट पनि थाहा पाउन सकिन्छ ।

शरीरमा मधुमेह भएको हातहरुबाट पनि थाहा पाउन सकिन्छ । शरीरमा कुनै पनि समस्या हुँदा केही न केही लक्षण देखिने गर्छ । यस्ता लक्षणहरुलाई बेवास्ता गर्नु हानिकारक हुन सक्छ ।

मधुमेहको समस्या हुँदा पनि हातहरुमा केही संकेतहरु देखिने गर्छन् । जसलाई मधुमेहको लक्षणको रुपमा पनि बुझ्न सकिन्छ । यस्ता लक्षणहरुबाट तपाईं रोगको अनुमान गर्न सक्नुहुन्छ ।

मधुमेह हुँदा हातको पछाडिको छाला रुखो हुने गर्छ । यसबाहेक छालाबाट पत्र जस्तो निस्कने पनि गर्दछ । यदी तपाईंलाई मधुमेहको समस्या भएको छ भने औंलाहरु पनि कडा हुन थाल्छन् । औंलाहरु चलाउन पनि समस्या हुने गर्छ ।

त्यस्तै मधुमेहको समस्यामा हातहरु सुन्निने पनि हुन्छ । यस्ता लक्षणहरुलाई बेवास्ता गर्दा समस्या बढ्दै जान पनि सक्छ । त्यसो त मधुमेहमा अन्य लक्षणहरु पनि हुन्छन् तर कहिलेकाँही हातमा पिनले घोँचेजस्तो खालको दुखाई हुनु पनि मधुमेहको लक्षण हुन सक्छ ।

शरीरको तौल बढ्दै जाँदा मधुमेह हुने खतरा पनि बढेर जान्छ । यसबाट बच्नका लागि सबैभन्दा पहिलो उपाय भनेको तौललाई नियन्त्रित राख्ने वा बढेको छ भने घटाउनु पर्छ । यसबाहेक दैनिक रुपमा बिहान १० देखि १५ मिनेट घाममा हिँडडुल पनि गर्नुपर्दछ ।