सिराहा । सिराहा सशस्त्र प्रहरीले सिराहाको बडियारपट्टीबाट स्रोत नखुलेको आठ लाख रकम सहित एक जनालाई नियन्त्रणमा लिएको छ । 

भारतबाट नेपालतर्फ साइकलमा पैसा बोकेर आउँदै गरेको अवस्थामा बरियारपट्टी गाउँपालिका ३ महरा टोलबाट स्रोत नखुलेको आठ लाख रकम सहित बडियारपट्टी २ श्रीपुरका ४२ वर्षीय मोहम्मद फिरोजलाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल चेक प्वाईन्टले शंका लागि चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको रकम फेला परेको  प्रहरीले जनाएको छ । 

रुपैयाँसहित नियन्त्रणमा व्यक्तिलार्ई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय माडरमा सिराहामा बुझाइएको जनाएको छ ।