एजेन्सी । जाडोमा छालासँगसँगै ओंठ पनि फुट्न थाल्छन् । यो समयमा चिसो हावा चल्ने भएकाले ओंठ सुक्न थाल्छन् । यसका लागि घरमै केही उपाय अपनाएर निको बनाउन सकिन्छ ।

  • यस मौसममा चिसो हावाको कारणले छाला रुखो हुन थाल्छ । जसले गर्दा ओंठ फुट्ने समस्या हुन थाल्छ । जाडो मौसममा चिसो हावाको कारणले ओंठ फुट्ने समस्या पनि सामान्य हुन थाल्छ । यसबाट छुट्कारा पाउनका लागि तपाईंले नरिवल तेलको प्रयोग गर्न सक्नुहुन्छ ।
  • नरिवल तेल सुत्नुअघि दुई तीन पटक लगाउनुहोस् । यसले ओंठ मुलायम भइरहन्छन् र फुट्दैनन् ।
  • सुख्खा तथा फुटेका ओंठमा बदामको तेल पनि लगाउन सक्नुहुन्छ । यसले ओंठको छाला मुलायम र गुलाबी बनाउन सहयोग गर्छ ।
  • बदामको तेल सुत्नुअघि लगाउनुहोस् र यसलाई पाँच मिनेटसम्म औंलाको सहयोगले मसाज गर्नुहोस् । यसले तेलको चिल्लोपना ओंठको भित्रसम्म पुग्छ ।
  • फुटेको ओंठको समस्या कम गर्न नौनी पनि एकदमै प्रभावकारी हुन्छ । यो एकदमै राम्रो घरेलु उपाय हो ।
  • फुटेका ओंठबाट छुट्कारा पाउन नौनीलाई ओंठमा लगाएर दुई मिनेटका लागि मसाज गर्नुहोस् । यसलाई सुत्नुअघि लगाउन सकिन्छ ।