एजेन्सी । बढ्दै गएको चिसोको असर छालासँगै नङहरुमा पनि पर्दछ । चिसोमा टुक्रिने समस्या भएका नङको कसरी स्याहार गर्ने भन्ने बारे आज हामी यहाँ बताउनेछौं ।

चिसो हावाले छालामा असर गर्छ त्यसरी नै नङमा पनि असर गर्छ । जाडोमा नङ टुक्रिने समस्या अत्यधिक हुनुको कारण यही हो । चिसो हावालले नङ कमजोर भएर टुक्रिने समस्या हुन्छ ।

नङलाई बलियो बनाउनका लागि भिटामिन सी र आइरनले भरपूर खानेकुराको सेवन गर्नुपर्दछ । पालक, चुकन्दर, टमाटर, कालो चना, कागती, सुन्तला तथा कीवी खानु पर्दछ ।

आफ्नो नङमा क्यामिकल भएका चीजको प्रयोग गर्नु हुँदैन । यसले नङको प्राकृतिक चिल्लोपना कम हुन्छ जसले गर्दा ती कमजोर हुन थाल्छन् ।

जाडोमा नङ टुक्रिने समस्याबाट बच्न समय समयमा त्यसमा मोइस्चराइजर लगाउन जरुरी हुन्छ । यसका लागि कुनै पनि मोइस्चराइजिङ क्रिम वा तेलको प्रयोग गर्न सक्नुहुन्छ ।

चिसोमा नङलाई बलियो बनाउनका लागि बायोटिन सप्लीमेन्ट्स पनि लिन सक्नुहुन्छ । यसका लागि विशेषज्ञको सल्लाह भने अवस्य लिनु पर्छ ।

जाडोमा सधैं पन्जा लगाएर हिँड्ने वा बस्ने गर्नुहोस् । विशेषगरी बाहिर निस्कँदा चिसो हावाले हान्ने भएकाले पन्जा लगाउनु राम्रो उपाय हो । यसले चिसोबाट जोगाउनुका साथै नङको पनि सुरक्षा गर्छ ।