एजेन्सी । हिन्दु धर्ममा खानपानको विशेष ख्याल राख्ने गरिन्छ । केही विशेष दिनमा केही चिज गर्न नहुने मान्यता छ ।

यस्तै केही चाडपर्व यस्ता पनि छन्, जसमा रोटी बनाउनु तथा खाना पकाउनु पनि अशुभ मानिन्छ ।

आउनुहोस् त्यस्तै केही चाडपर्वका बारेमा बताउँछौं जसमा तावामा केही पकाउनु हुँदैन ।

ज्योतिषचार्यका अनुसार नागपन्चमीका दिन चुल्होमा तावा चढाउनु राम्रो मानिँदैन । यस्तो मान्यता छ कि तावा नागको फनको प्रतिरुप मानिन्छ । जसले गर्दा यसमा त्यसदिन रोटी बनाउँदा वा केही पकाउँदा घरमा दरिद्रता आउने मान्यता छ ।

त्यस्तै यस्तो पनि मान्यता छ कि पूर्णिमाका दिन धनकी देवी लक्ष्मी प्रकट भएकी थिइन्, त्यसैले शरद पूर्णिमाका दिन खीर र पूरी बनाउने नियम छ । यस दिन पनि रोटी बनाउन अशुभ मानिन्छ ।

शीतला अष्टमीमा घरमा ताजा रोटी बनाउन बर्जित गरिएको हुन्छ । यस दिन रोटी बनाउँदा जीवनमा कयौं प्रकारका समस्या आउने पौराणिक मान्यता छ ।

लक्ष्मी पूजाका दिन तावामा रोटी बनाउनु पनि अशुभताको परिचय हुने उल्लेख छ । किनकी यस दिन माता लक्ष्मीप्रति समर्पित हुन्छ । त्यसैले यस दिन विशेष पकवान बनाउनु पर्दछ ।

हिन्दु धर्मशास्त्रमा यदि घरमा कोही व्यक्तिको मृत्यु हुन्छ भने पनि त्यस दिन घरमा रोटी बनाउनु हुँदैन । यस दिन भुलेर पनि तावालाई चुल्होमा चढाउनु हुँदैन ।

यसरी नै शास्त्रका अनुसार लक्ष्मी सम्बन्धी गरिने कुनै पनि पूजा, चाडपर्वहरुमा रोटी बनाउने वा तावामा कुनै पनि चीज पकाउन बन्देज गरिएको छ ।