एजेन्सी। अधिकांश मान्छेलाई चकलेट मन पर्छ । चकलेट मन नपराउने व्यक्ति कमै होलान् । केहीलाई चाहिँ डार्क चकलेट मन पर्छ । डार्क चकलेट भनेको अन्य खालको चकलेटको तुलनामा कोको धेरै हुने अनि चिनी कम हुने चकलेट हो । यसमा ७० प्रतिशत वा सोभन्दा धेरै कोको हुन्छ । मिल्क चकलेटको तुलनामा यो चकलेट धेरै लाभदायक मानिन्छ अनि यसमा गुलियो पनि धेरै हुँदैन । यसको सेवनले हाम्रो स्वास्थ्यमा अनेकौँ फाइदा पुर्‍याउँछ । यसलाई सीमित मात्रामा खानु निकै फाइदाजनक मानिन्छ । अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित एउटा अध्ययनका अनुसार चकलेटमा मस्तिष्कको कार्य प्रणालीलाई सुधार्ने केही गुण हुन्छ । यसले मानसिक स्वास्थ्य कायम राख्न पनि मद्दत गर्ने बताइएको छ ।

के भन्छ अनुसन्धान ?

अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार चकलेटमा कोको फ्लेवेनल्स हुन्छ । यसमा भएको तत्त्वले मस्तिष्कमा ध्यान, स्मृति र काम गर्ने क्षमतालाई बढाउन सक्छ । फ्लेवेनल्स एन्टिअक्सिडेन्ट हो । जसले शरीरमा अक्सिडेटिव तनावलाई घटाउँछ र सुन्निएको पनि कम गर्छ ।

डार्क चकलेट खाँदाका फाइदाहरू:

मुटुको स्वास्थ्य सुधार्छ: डार्क चकलेटले रक्त चाप कम गर्छ । एलडीएल कोलेस्ट्रललाई घटाउँछ, एचडीएल कोलेस्ट्रोको स्तर बढाउँछ अनि रक्त सञ्चारमा सुधार ल्याउन मद्दत गर्छ । यसले मुटुलाई स्वस्थ बनाउन योगदान दिन्छ र मुटुसम्बन्धी रोगको जोखिम पनि कम गर्छ ।

छालाको स्वास्थ्यमा सुधार: डार्क चकलेटमा पाइने एन्टीअक्सिडेन्टले छालालाई परावैजनी किरणबाट हुने क्षतिबाट बचाउँछ । डिहाइड्रेशनबाट बच्न र कोलेजन उत्पादनमा बढवा दिन मद्दत गर्छ । यसका कारण छाला स्वस्थ र चम्किलो हुन्छ भने बुढ्यौलीका लक्षणहरू पनि कम हुन सक्छ ।

भरपूर एन्टिअक्सिडेन्ट: डार्क चकलेटमा एन्टिअक्सिडेन्ट खासगरी फ्लेवोनोइड्स टन्नै हुन्छ । जसले शरीरमा मुक्त कणसँग लड्न र अक्सिडेटिभ तनावलाई काम गर्न मद्दत गर्छ । यसले मुटुको समस्या र क्यान्सरजस्ता पुराना रोगलाई रोक्न पनि मद्दत गर्न सक्छ ।

तौल व्यवस्थापन: डार्क चकलेटमा क्यालोरी त धेरै हुन्छ । तर यसमा फाइबर पनि निकै धेरै हुन्छ । कसैले यसको सेवन गर्छ भने फाइबरको कारण उसलाई कम भोक लाग्छ अनि अनहेल्दी स्न्याक्स खाइरहने लत पनि बस्दैन ।

मस्तिष्कको कार्यक्षमतामा वृद्धि: डार्क चकलेटमा पाइने फ्लेवोनोइड्सले मस्तिष्कको रक्त सञ्चारमा सुधार ल्याउँछ । जसले स्मृति, एकाग्रतालाई बढाउने काम त गर्छ नै समग्रमा मस्तिष्कको कार्यक्षमता पनि बढाउँछ ।

मूड बुस्ट गर्छ: डार्क चकलेटमा यस्ता तत्व हुन्छन् जसले मस्तिष्कमा एन्डोर्फिन रिलिज गर्छ । जसले गर्दा व्यक्तिमा खुसीको भाव उत्पन्न हुन्छ राम्रो राम्रो विचार मनमा आउँछ । यसमा सेरोटोनिन पनि हुन्छ । जसले चाहिँ प्राकृतिक रुपमा डिप्रेशननिरोधकको रुपमा काम गर्छ ।

तनाव घटाउँछ : डार्क चकलेटको सेवनले शरीरमा कर्टिसोलजस्ता तनाव उत्पन्न गराउने हर्मोनमा कमी आउँछ । यसले तनाव कम भएको अनि आनन्दको भावना बढाउँछ ।