एजेन्सी । राम्रो आहार नलिँदा हामीलाई कयौं समस्या हुन सक्छन् । त्यसमा पनि पुरुषले केही खानेकुरा सेवन गर्नबाट बच्नुपर्छ । यसबारे जानौं ।

  • कफीको अत्यधिक सेवनले पुरुषलाई नोक्सान हुन सक्छ । कफीमा पाइने क्याफिनले शरीरमा शुक्राणुको कमी गराउँछ ।
  • त्यस्तै डब्बामा बन्द भएको खानेकुराबाट पनि बच्नुपर्छ । डब्बाको खाना दैनिक रुपमा सेवन गर्नाले शरीर कमजोर हुन सक्छ ।
  • पुदिनाको अत्यधिक सेवनले पनि पुरुषलाई कमजोर बनाउने गर्छ । पुदिनामा पाइने मेंथोल नामक तत्वले पुरुषको यौनइच्छामा कमी ल्याउँछ ।
  • त्यस्तै सोयाबिनमा आइसोफलेवोन फायटोएस्ट्रोडन पाइन्छ जसले पुरुषको शुक्राणुको संख्यामा कमी ल्याउँछ ।
  • धेरै रक्सी खाँदा पनि प्रजनन क्षमता धेरै प्रभावित हुन्छ । रक्सीको अत्यधिक सेवनले नपुंसकसम्म बनाउन सक्छ ।
  • अर्को हो रिफाइन्ड सुगरको अत्यधिक सेवन गर्नु । यसले पेटमा बोसो बढाउँछ ।