एजेन्सी । छालामा सुक्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न नियमित मोस्चराइज गर्नुपर्छ । हातमा रासायनिक औषधिको साटो प्राकृतिक वस्तु प्रयोग गर्नुपर्छ । ग्लिसिरिन र गुलाबजलको मिश्रणलाई बोतलमा भरेर फ्रिजमा राख्नुस् र कुनै पनि काम गर्नुअघि त्यो मिश्रणलाई हातमा लगाएर मसाज गर्नुस् ।

दूध र सुन्तलाको जुससँग मह मिसाएर पनि सुक्खा वा फुटेको छालामा लगाउन मोस्चराइचर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएका पानी सोस्ने ब्याक्टेरिया हटाएर छालाको सुक्खापन कम गर्छ ।

जाडोयाममा पानीको कमीका कारण सुक्खापन आउने भएकाले दैनिक सात–आठ गिलास पानी पिउनु आवश्यक हुन्छ ।

हात धुन मोस्चराइजरयुक्त साबुन प्रयोग गर्नुस्, जसले हात सुक्खा हुन र फुट्नबाट बचाउँछ । साबुन किन्दा सधैँ ओलिभ आयल प्रयोग गरेरनगरेको ख्याल गर्नुस् ।

हरेक बिहान तातो पानीमा दुई चम्चा मह र कागती मिसाएर खाँदा शरीर स्वस्थ हुन्छ । यसले चिसोबाट जोगाउँछ ।