एजेन्सी ।  आँखालाई कमजोर बनाउनका लागि तपाईंले दैनिक जीवनमा गरिरहेका साना साना गल्तीहरु पनि जिम्मेवार हुन्छन् ।

यदी तपाईं मोबाइल, ल्यापटप तथा कम्प्यूटर आदिलाई लामो समय प्रयोग गर्नुहुन्छ भने त्यसबीचमा ब्रेक लिनु पर्दछ । यसका खराब किरणहरुले तपाईंको आँखालाई नराम्रो प्रभाव पार्ने गर्छ ।

तपाईंको आँखा कमजोर हुनुको अर्को कारण आँखालाई मिच्ने बानी पनि हो । पटक पटक हातले मिच्ने बानीले आँखालाई कमजोर बनाउँछ ।

यदी तपाईं आफ्नो चस्माको राम्रोसँग सरसफाई गर्नु हुन्न भने पनि यसले आँखा कमजोर हुन सक्छ । यसले धुलोका साना कणहरु आँखामा पस्न सक्छन् ।

धुम्रपान गर्नाले पनि आँखालाई नोक्सान पुग्न सक्छ । यसले हानिकारक केमिकलहरु आँखामा पुर्याउँछ । यसले मोतियाबिन्दु हुने जोखिम पनि रहन्छ ।

भिटामिन, जिंक र ओमेगा–३ फ्याटी एसिडले भरपूर खानपानहरुले तपाईंको आँखा स्वस्थ रहन्छ । यदी यस्ता चीजहरुको कमी भइरहेमा पनि आँखा कमजोर हुँदै जान्छ ।

त्यस्तै निद्राको कमी हुनु पनि आँखाका लागि राम्रो होइन । कम्तीमा ७ देखि ८ घण्टाको निद्रा दैनिकरुपमा पुगेन भने आँखा छिटो कमजोर हुन थाल्छन् ।