एजेन्सी । कहिलेकाँही केही खराब बानी तथा खानपानले घाँटीमा संक्रमण हुने गर्छ । यस्तो संक्रमण पछि गएर गम्भीर समस्या पनि बन्न सक्छ । त्यसैले समयमै यसका लक्षणहरुलाई पहिचान गरी उपचार गराउनु पर्दछ ।

विशेषज्ञ डाक्टरका अनुसार घाँटीमा संक्रमण भएको बेला समयमै उपचार नगराउँदा कहिलकाँही त्यस्तो समस्याले ठूलो रुप पनि लिने गर्छ । त्यसैले त्यस्ता विभिन्न लक्षण चिन्न जरुरी हुन्छ ।

जानौं त्यस्ता लक्षण:

  •  घाँटीमा इन्फेक्शन बढेको खण्डमा मानिसलाई ज्वरो आउँछ । जब स्ट्रेप थ्रोट स्ट्रेप्टोकोकल नामक ब्याक्टेरियाले घाँटीलाई संक्रमित गराउँछ त्यसपछि शरीरलाई चिसो लाग्ने तथा ज्वरो आउने जस्ता संकेत देखिन्छन् । यसका लागि तपाईं तातो पानीको बाफ पनि लिन सक्नुहुन्छ ।
  •  मांसपेशीहरु तथा शरीरमा दुखाई हुनु पनि घाँटीको संक्रमणले हुने गर्छ । यस्तोमा यसलाई बेवास्ता गर्नु एकदमै घातक पनि हुन सक्छ ।
  • घाँटीमा संक्रमण भएको खण्डमा मांसपेशीहरु सुन्निन थाल्छन् । जसले गर्दा खाना निल्न र बोल्न पनि समस्या हुन थाल्छ ।
  •  घाँटीमा संक्रमण भएको बेला पनि तपाईंलाई एकदमै तीव्र रुपमा टाउको दुख्ने गर्छ । यदी तपाईंलाई एकदमै धेरै टाउको दुख्ने समस्या भयो भने पनि डाक्टरलाई देखाइहाल्नुहोस् ।
  •  भोक नलाग्नु पनि घाँटीमा संक्रमण भएको एउटा मुख्य लक्षण हो । यसबाहेक संक्रमण भएको बेला धेरै चिसो चिजहरु खानबाट पनि बच्नुपर्छ ।
  • घाँटीमा संक्रमण हुँदा पनि पटक पटक हाछ्यु आउने गर्छ । यो संक्रमण नाकसम्म सर्न गएर नाक बन्द हुने तथा नाकबाट पानी बग्न पनि थाल्छ ।