एजेन्सी । जाडोमा छाला एकदमै रुखो हुन थाल्छ । जसले गर्दा ऊनीका कपडा लगाउँदा चिलाउने तथा र्‍यासेज आउने समस्या देखिन थाल्छ ।

ऊनीका कपडामा भएको साना-साना धागो जब छालामा घोटिन्छन् त्यसले चिलाउने समस्या आउँछ ।

कतिपय अवस्थामा ऊनीको कपडाले शरीरलाई एकदमै तातो बनाउँछ यो तातो कतिपय संवेदनशील शरीरले सहन सक्दैन ।

यसबाहेक ऊनीको कपडाले छालामा एलर्जी पनि हुने गर्छ, जसलाई ‘टेक्सटाइल डर्मेटाइटिस’ भनिन्छ ।

यस्तो समस्याबाट बच्नका लागि जहिले पनि शरीरमा कपडा लगाउनु अघि मोइस्चारइजर तथा बडी लोशन लगाउनु आवस्यक हुन्छ ।

त्यसैगरी ऊनीको कपडा लगाउनु अघि पातलो सुतीको कपडा लगाउने गर्नुहोस् । जसले गर्दा ऊनीले छालामा कुनै असर गर्न पाउँदैन ।