तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले कोरोना भाइरसको सङ्क्रमण बढेपछि चार दिनका लागि विद्यालय बन्द गरेको छ ।

गाउँपालिकाका सबैजसो विद्यालयमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भोलि (सोमवार) देखि चार दिनसम्मका लागि विद्यालयमा बिदा दिइएको बताइएको छ । 

शिक्षक, विद्यार्थीसँगै गाउँमा पनि कोरोना सङक्रमण बढेको गाउँपालिकाका अध्यक्षले बताएका छन् ।