काठमाडौं । बीए प्रथम वर्ष २०७७ को नतिजा प्रकाशित भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले १५ महिनापछि नतिजा सार्वजनिक गरेको हो ।

मंगलबार २०७८ साउनमा सञ्चालन गरिएको परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको हो । 

यसैगरी, परीक्षा नियन्त्रण कार्यालयले नतिजामा स्थगन र अनुपस्थित देखिएका परीक्षार्थीहरुलाई अध्ययनरत क्याम्पस र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट आफ्नो प्रवेशपत्र प्रमाणीकरण गराई मंसिर १० गतेपछि पनिकाको मानविकी गोप्य शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

एक वर्ष ३ महिनासम्म पनि परीक्षाको नतिजा सार्वजनिक नभएपछि विद्यार्थीहरुले नतिजा सार्वजनिक गर्न दबाव दिएका थिए ।