काठमाडौं । नेपाल मेडिकल काउन्सिलको ६४ औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) को परीक्षा आगामी माघको दोस्रो साता सञ्चालन गरिने भएको छ ।  आइतबार काउन्सिलले एक सूचना जारी गर्दै माघ १२ गतेदेखि १४ गतेसम्मका लागि परीक्षा तालिका तोकेको हो ।

परीक्षामा सहभागी हुन इच्छुकले आगामी २७ मङसिरदेखि २७  पुससम्म फारम भर्न सकिने सूचनामा उल्लेख गरिएको छ । यस्तै, पुस २८÷२९ गते विलम्ब शुल्क तिरेर फारम बुझाउन सकिने समेत उल्लेख गरिएको छ । परीक्षा सञ्चालन भने इन्जिनियरिङमा अध्ययन संस्थान पुल्चोकमा हुनेछ ।