इटहरी । इटहरी उपमहानगरपालिकाले आगामी बैशाख देखि थारु भाषाको अध्यापन गर्ने तयारी भएको छ ।आगामी बैशाखदेखि लागू हुनेगरी उपमहानगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा थारु भाषाको अध्यापन हुने भएको हो ।

शुक्रबार बसेको कार्यपालिका बैठकले नगर शिक्षा समितिलाई थारु भाषाको पाठ्यक्रम तयार गर्न निर्देशन दिएको छ ।

 इटहरीको प्रथम जातीको रूपमा थारु जातीलाई घोषणा गरेपछि थारु भाषामा समेत पठनपाठन सुरु गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।यसअघि पनि थारुहरूको पुरानो इतिहास बोकेको स्थान भएको भन्दै एघारौँ नगरसभाले थारु जातिलाई पहिलो जातीको रुपमा घोषणा गरेको थियो ।