कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले चिसो बढेपछि विद्यालयमा चार दिन बिदा दिएको छ । 

एक हप्तादेखि अत्यधिक चिसो बढेको भन्दै नगरपालिकाले पुस २१ देखि २४ गतेसम्मका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले चार दिन विद्यालय बन्द गर्ने निर्णय भएको बताए । कैलाली, कञ्चनपुरलगायतका जिल्लामा केही दिनयता अत्यधिक चिसो बढेको छ ।