बाँके । अत्यधिक चिसो बढेपछि बाँकेका अधिकांश विद्यालयको पठनपाठन बन्द गरिएको छ। डुडुवा गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्था २४–२९ पुससम्म बन्द गरिएको गाउँपालिकाले जनाएको छ।

केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या आउन सक्ने र विद्यालयमा पठनपाठन प्रक्रियामा असहज वातावरण भएपछि आइतबारदेखि ६ दिनका लागि शैक्षिक संस्था बन्द गरिएको जनाईएको छ ।

 ‘गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालय, मदरसा, गुरुकुल र बाल विकास तथा संस्थागत विद्यालय ६ दिनका लागि बन्द गरिएको  सूचनामा उल्लेख छ।

सामुदायिक विद्यालयमा जारी परीक्षासमेत स्थगित गरिएको छ। बाँकी विषयका परीक्षा विद्यालय खुलेपछि सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ।