इटहरी । विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिँदै आएको मेरिट एजुकेसन इटहरीले फिनल्यान्ड जान चाहने विद्यार्थीका लागि सेमिनार आयोजना गर्ने भएको छ ।

 फिनल्यान्ड सरकारले अध्ययनका लागि आउने विद्यार्थीका लागि नयाँ अफर ल्याएको यो समयमा मेरिट एजुकेसनले अध्ययनमा जान चाहने विद्यार्थीहरूलाई विशेष सेमिनार गर्न लागेको हो । 

यही पुस २७ गते इटहरीको इनटुरिष्ठ होटेलमा आयोजना गरिने सेमिनारमा फिनल्यान्ड अध्ययन गर्ने चाहने विद्यार्थीका लागि शैक्षिक परामर्श सहित, त्यहाँको कानुनी, र व्यवहारिक पक्षको विषयमा पनि विस्तृतमा जानकारी गराइने फिनल्यान्ड एजुकेसन भिसा एक्सपर्ट ईश्वर घिमिरेले जानकारी दिए । 

 सेमिनारमा नयाँ विद्यार्थीहरूले राम्रो अवसर प्राप्त गर्न सक्ने घिमिरेले बताए । यो सेमिनारमा पुराना विद्यार्थी अथवा पढाईको लामो ग्याप रहेका विद्यार्थीहरूलाई विशेष प्राथमिकता पनि दिएको घिमिरे बताउँछन् । उनले भने “ १० देखी १२ वर्ष पढाई ग्याप भएका विद्यार्थीहरूले पनि फिनल्यान्ड अप्लाइ गर्न सक्छन् यो पुराना विद्यार्थीको लागि विशेष अफर हुन सक्छ ।”

फिनल्यान्डमा अध्ययन गर्न भिसा सहज प्राप्त हुने, पछि पी आर पाउन पनि सजिलो हुने भएकाले विदेश पढ्न चाहने विद्यार्थीको लागि राम्रो अवसर भएको मेरिट एजुकेसन इटहरीका  एजुकेसन काउन्सिलर प्रमेश भट्टराईले जानकारी दिए ।
 
विद्यार्थीहरूको आयल्स र पी टी ई पनि आवश्यक नहुने, पढाईको ग्याप र प्रतिशतलाई पनि स्वीकार गर्ने भएकाले फिनल्यान्ड जान विद्यार्थीहरूलाई सजिलो रहेको काउन्सिलर भट्टराईको भनाई छ । 

यो विषयमा अझ बढी स्पष्ट पारिने भएकाले विद्यार्थीहरूले सेमिनारमा सहभागिता जनाए फाइदा हुने उनको भनाई छ । यो  सेमिनार विदेश अध्ययन गर्न चाहने विद्यार्थी र तिनका अभिभावकलाई कोशेढुंगाा साबित हुन सक्छ । 

सेमिनारमा सहभागिता जनाएर रजिस्टर गर्ने विद्यार्थीहरूलाई छुटको पनि व्यवस्था गरिएको मेरिट एजुकेसन इटहरीले जानकारी दिएको छ । सेमिनारमा इटहरी,विराट चौक,बेलबारी, दमक, धरान, इनरुवा र विराटनगरका विद्यार्थीहरूले सहभागिता जनाउने अपेक्षा रहेको मेरिट एजुकेसन इटहरीले जनाएको छ ।