इटहरी । इटहरी उपमहानगरपालिकाले चिसो बढेपछि विद्यालयमा दुई दिन बिदा दिएको छ ।

केही दिनदेखि चिसो बढेपछी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पुस २८ र २९ गते दुई दिन नगर क्षेत्रका सम्पूर्ण सामुदायिक एवं संस्थागत विद्यालयमा शैक्षिक गतिविधि बन्द गर्न अनुरोध गरेका हुन्।

विज्ञप्तिमा विगत केही दिनदेखि बढ्दै गएको चिसो तथा शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको तथा विद्यार्थीमा पठनपाठन असहज बन्दै गएको भन्दै विद्यालय बन्द गर्ने भनिएको छ ।