इटहरी । फिनल्याण्ड अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई जानकारी दिन आयोजना गरिएको  विशेष सेमिनार सम्पन्न भएको छ । मेरिट एजुकेशन इटहरीले  आज इटहरीमा आयोजना गरेको सेमिनारमा  विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । 

 फिनल्याण्ड सरकारले अध्ययनका लागि आउने विद्यार्थीका लागि नयाँ अफर ल्याएको सन्दर्भमा मेरिट एजुकेशनले अध्ययनमा जान चाहने विद्यार्थीहरूलाई जानकारी दिने उद्देश्यले  सेमिनार आयोजना गरेको हो । 

 सेमिनारमा सहभागी हुन आएका विद्यार्थीहरूलाई मेरिटका एजुकेशन काउन्सिलर प्रमेश भट्टराईले फिनल्याण्डको शैक्षिक अवस्था, कानुनी प्रकृया, त्यहाँ काम पाउने अवस्था र भोलि पि आर का लागि गरिने प्रक्रियाको बारेमा जानकारी दिएका थिए ।

अध्ययन गर्न आयल्स र पि टि ई आवश्यक नहुने, पढाईको लामो ग्याप, उत्तीर्ण प्रतिशतमा ध्यान नदिइने, भिषा सहज प्राप्त हुने र पछि पि आर पाउन पनि सजिलो हुने भएकाले फिनल्याण्ड प्रति विद्यार्थीको आकर्षण बढेको छ ।

सेमिनारमा करिब १ सय ५० बढि विद्यार्थीको सहभागिता रहेको थियो । सहभागी विद्यार्थीहरूले सेमिनारमा अन्य आवश्यक जानकारी पनि लिएका थिए । केही विद्यार्थीहरूले अध्ययनका लागि प्रकृया सुरु गर्न रजिष्टर पनि गरेको मेरिट एजुकेशन इटहरीले जानकारी दिएको छ ।।