काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले तीन वर्षअघि लिएको विभिन्न पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । २४ माघ २०७६ मा लिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । 

परिषद् केन्द्रीय कार्यालय र परिषद् अन्तर्गतका कार्यालयहरूमा रिक्त पदको पदपूर्ति गर्न लोक सेवा आयोगबाट सञ्चालन भएको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक हुन सकेको थिएन ।  

परिषद्को पदपूर्ति समितिको निर्णयानुसार अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको कम्प्युटर दक्षता परीक्षण तथा अन्तर्वार्ता ४ गतेदेखि ७ चैतसम्म हुनेछ । सीटीईभिटीले विभिन्न पदका ६१ जनाको लागि विज्ञापन गरेको थियो । जसमा सामान्य प्रशासन, लेखापाल, कृषि सहायक प्रशिक्षक लगायत थिए ।