सुनसरी । सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसको स्ववियु सभापतिका नेपाल विद्यार्थी सङ्घका सहदेब काफ्ले विजयी भएका छन् । नेपाल विद्यार्थी संघका इकाई सभापति समेत रहेका काफ्लेले एक हजार २९८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनले एमाले निकट अनेरास्ववियुका उज्ज्वल सिक्देललाई ६१६ मतान्तरले पराजित गरेको हुन् । काफ्लेले १२९८ मत पाउँदा सिक्देलले ६८२ मत मात्र पाए। स्वतन्त्र उम्मेदवार दानवीर थापाले २८५ मत पाए । यस्तै सचिवमा जनता समाजवादी निकट विद्यार्थी सङठनका अर्जुन राई विजयी भए ।

उनले ९७५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका अर्जुन पौडेलले ८७१ मत पाएका छन् ।

यस्तै कोषाध्यक्षमा भने अनेरास्ववियुका आदित्य खड्का विजयी भए । उनले ११२० मत पाउँदा विपिन भट्टराईले ९८१ मत पाए ।