काठमाडौँ । कक्षा १२ को परीक्षामा ‘नन ग्रेडेड’ प्राप्त गरेका विषयमा मात्र ग्रेड वृद्धि परीक्षा दिन पाइने व्यवस्था गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको प्रस्तावमा बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीस्तरीयबाट लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गर्ने निर्णय भएको हो ।

दुई विषयभन्दा बढी जतिसुकै विषयमा ‘नन ग्रेडेड’ प्राप्त गरेपनि सबै विषयमा ग्रेड वृद्धिको परीक्षामा सम्मिलित हुन पाउने छन् । ३५ प्रतिशतभन्दा कम प्राप्त गर्नेले ‘नन ग्रेडेड’मा वर्गीकृत हुने व्यवस्था छ ।  

पहिला ‘नन ग्रेडेड’ प्राप्त गर्नेले मात्र ग्रेड वृद्धिको परीक्षामा सहभागी हुन पाउने व्यवस्था थियो । दुई विषयभन्दा बढीमा त्यस्तो ग्रेड प्राप्त गर्नेले सबै विषयमा पुनः परीक्षा दिनुपर्ने हुन्थ्यो । गत वर्ष यस्तो सुविधा पाउनेमा ५६ हजार परीक्षार्थी थिए । नयाँ निर्णयबाट उनीहरूलाई पनि राहत मिलेको छ ।