काठमाडौंँ । फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को टिजर सार्वजनिक गरिएको छ । अभिनेता विपिन कार्कीको जन्मदिनको अवसर पारेर निर्माण युनिटले फिल्मको टिजर ल्याइएको हो ।

टिजरमा फिल्मको दृश्य थोरै समावेश गरिएको छ । टिजरमा संवाद, दृश्यमा बढी केन्द्रित गरिएको पाइन्छ । टिजरले फिल्म प्रति दर्शकको उत्साह जगाउन सफल देखिन्छ ।

टिजरमा अभिनेता विपिन कार्कीलाई मुख्य रुपमा प्रस्तुत गरिएको छ । ३२ वटै दात सुनको टल्काउँदै विपिन दर्शकमाझ प्रस्तुत भएका छन् । पशुपति प्रसादको निधन भएपछि पशुपति परिसरमा आफ्नो अस्तित्व बनाउनका लागि संघर्ष गरिरहेका भष्मे डनको कथामा फिलम बनेको हो ।

खगेन्द्र लामिछानेको लेखन रहेको फिल्म दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतका कलाकारको अभिनय छ ।