काठमाडौं । अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन् ।  निरुताले बिहीबार मुम्बईमा विवाह गरेकी हुन् । 

पछिल्लो समय नेपाली चलचित्रमा अभिनयसँगै अभिनेत्री निरुताले मुम्बईमा बसेर इन्टेरियर डिजाइनसम्बन्धी कार्य गर्दै आएकी थिइन् । यसै क्रममा मुम्बई निवासी व्यवसायी सन्जिभ गुलाटीसँग उनले विवाह गरेकी हुन् ।

आफ्नो विवाह भएको तस्बिर फेसबुकमार्फत सेयर गर्दै अभिनेत्री निरुताले लेखेकी छन्, ‘यतिका वर्षदेखि एक मात्र प्रश्न, जुनबिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैनथ्यो । त्यो हो ‘निरुताजी बिहे कहिले गर्ने रु’ भन्ने प्रश्न । आज त्यस प्रश्नको जवाफ दिएकी छु ।’

उनले आफ्नो श्रीमान सन्जिभसँग इन्गेजमेन्ट गरेको तस्बिर फेसबुकमा सेयर गरेकी हुन् ।