काठमाडौँ । लोकप्रिय गायिका जुना श्रीषको स्वरमा मौलिक तीज गीत ‘माइतीघरको’ सार्वजनिक भएको छ । गीतकार सुमन बैरागीको शब्द तथा संगीत रहेको गीत ‘माइतीघरको’ संगीत संयोजन मदन केसीले गरेका हुन् ।

माइतीघर बुबाआमा, दाजुभाइ र वरपरका खेतबारी, वनजंगल र मेलापातको सम्झना एवं एउटा महिलाको विभिन्न रुप भएर भोग्नुपरेको पीडालाई दर्शाउन खोजिएको छ ।गीतको म्यूजिक भिडियोलाई स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन् । अस्मिता राना लाई फिचरिङ गरिएको गीतको भिडियोमा करण चैंसिरको छायाँकन छ ।

मनोज कार्कीको कलर एवं सम्पादन रहेको यो गीतको पोष्ट प्रोडक्सन गुरुआमा फिल्मस्ले तयार पारेको हो ।