काठमाडौँ । २९ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘नाङ्गो गाउँ’को नयाँ गीत ‘सुन सुन सुन्दरी’ सार्वजनिक भएको छ । गीतमा अन्जु पन्त र एस डी योगीको स्वर, सुष्मा सिग्देलको शब्द र सुशान्त गौतमको संगीत छ ।

गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको अभिनय छ । गीत चित्लाङमा छायाङ्कन भएको हो । रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोमा आलोक शुक्लाको छायाङ्कन छ ।दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म हिमाल शर्माको प्रस्तुतिमा तयार भएको हो । जय श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । 

दयाहाङ र मिरुनाको अलावा फिल्ममा शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अङ्कित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।