काठमाडौँ । आफ्नो पहिचान कसलाई प्यारो हुँदैन र ? तर पहिचान मात्रै भन्ने भन्दा पनि आफ्नो पहिचानलाई फैलाउनु महत्त्वपूर्ण कुरा हो । यही काममा लागेका छन् गायक युवराज छन्त्याल ।

छन्त्यालले गीत ल्याएका छन् ‘छन्त्याल परे म त’ । गीतमा गायक छन्त्याललाई गायिका जया छन्त्यालले साथ दिएकी छन् । गीतमा शब्द र सङ्गीत समेत गायक छन्त्यालकै छ । 

गीतको भिडियोमा अमृत, कोपिला, मनोहर, कृष्ण , गगाँ, जमुना, लिनिसा र सृजनाको अभिनय छ । शिवन पोखरेलको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा अधिनायक मान सेरचनको सम्पादन र महेश महराको छायाङ्कन रहेको छ ।