धरान / धरानका उपमेयर अइन्द्र विक्रम बेघाको घर भित्र पसी अज्ञात युवाको समूहले मंगलबार साझ  खुकुरी प्रहार गरेको छ

घटनामा बेघाका भाइ र समूहबाट  १ जना घाइते भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

घटनाको विषयलाई लिएर बेघाले मंगलबार ६ बजेको आसपासमा घटना स्थलमा प्रहरी पुग्न ढिलाइ गरेको भन्दै फेसबुक लाइभबाट प्रहरी नायब उपरीक्षकलाई कल गरेका थिए । आफू कार्यालयमा हुँदा घटनाको जानकारी पाएको र प्रहरीलाई कल गरेर घटना स्थलमा पुग्दा प्रहरी पुग्न ढिलाइ गरेको विषयलाई लिएर बेघा आक्रोशित भएका थिए ।

घटनाको विषयमा बेघाका स्वकीय सचिव खेम रनपहेलीले आफ्नो फेसबुक स्ट्याटस मार्फत हालको स्थिति सामान्य रहेको जानकारी दिएका छन् ।


Screenshot_20230912-194403_Lite