काठमाडौँ । गायिका अनिला राईले ‘बादलसँगै’ बोलको आफ्नो गीतको  भिडियो स्वीजरल्याण्डमा छायाँकन गरेकी छन् । उक्त गीतको भिडियोलाई उनले आफ्नै अफिसियल युट्युब च्यानल ‘अनिला राई अफिसियल’ मार्फत हालै सार्वजनिक गरेकी हुन् ।

बेलायतलाई कर्मथलो बनाउँदै आएकी अनिला नेपाली गीतसंगीत क्षेत्रमा पनि सक्रिय रहँदै आएकी छन् । हालैका दिनमात्र उनका झण्डै एक दर्जन गीतको भिडियो शृंखलावद्ध रुपमा रिलिज भएको थियो । यसैबेला अनिलाले स्वीजरल्याण्ड घुम्न गएको मौकामा ‘बादलसँगै’ गीतको भिडियो निर्माण गरेकी हुन् ।

गायिका अनिला केही साताअघि परिवारसहित स्वीजरल्याण्ड घुम्न गएकी थिइन् । सोही मौकामा ‘बादलसँगै’ गीतको भिडियो निर्माण गरेकी हुन् ।  भिडियोमा स्वीजरल्याण्डको रमणीय दृश्यहरु कैद गरिएको छ ।यसअघि ‘बादलसँगै’ गीतको भिडियो नेपालको दोलखास्थित शैलुङ डाँडामा छायाँकन गरिएको थियो । जुन भिडियो दर्शकले निक्कै रुचाएका थिए । 

गायिका अनिलाको ‘स्वरांकन’ एल्बममा समेटिएको ‘बादलसँगै’ गीतमा अनिलाकै शब्दरचना रहेको छ भने संगीत शान्तिराम राईको रहेको छ । यस भिडियोको छायाँकन तथा निर्माण नन्दराज राईले गरेका हुन् ।