काठमाडौँ । ‘के लत बस्यो’ केही समय अगाडि सार्वजनिक चर्चित गजल हो । गीतमा गायक तिलक सिंह पेलाको स्वर छ । 

यो गजल गीत फरक शैलीमा गाएको कारण चौतर्फी चर्चा कमाउन सफल गायक पेलाको नयाँ गीत ‘देउसरा आइगै’ सार्वजनिक भएको छ । हेमन्त विवासको शब्द रहेको लोकशैलीमा तयार डोटेली गीतमा सङ्गीत तथा स्वर तिलक सिंह पेलाकै छ ।

रिदम कँडेलको एरेन्ज रहेको गीतको भिडियो समेत बनेको छ । जसमा देबु सिंह वोहरा, योगिता दाहाल र जनक महराको अभिनय देख्न सकिन्छ । देबु सिंह वोराको कोरियोग्राफी, दीपक गिरीको छायाङ्कन रहेको भिडियोमा विष्णु शर्माको सम्पादन छ ।

सुदूरपश्चिमको बैतडीका गायक पेला लामो समयदेखि शास्त्रीय सङ्गीतमा क्रियाशील छन् । ‘के लत बस्यो’ अगाडी पनि उनले केही गीत ल्याएका थिए । तर उनी त्यति चर्चामा थिएनन् । ‘के लत बस्यो’ पछि भने उनी सबैतिर चिनिन सफल भए ।