काठमाडौंँ । कुमार भाष्कर निर्देशित फिल्म ‘कौसीद’ अगामी २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको नयाँ गीत ‘नझर्थे र आँशु’ सार्वजनिक गरिएको हो । 

गीतले सुख र दुःखले मिश्रित दैनिकीको भाव बोल्छ । आफ्नो पीडा भुलेर अरूको खुसीको लागि संघर्षरत एक शिक्षकको कथा शब्दमा व्यक्त छन् । गीतमा स्वर र संगीत पहिलो नेपाल आइडल बुद्ध लामाको छ, भने शब्द लक्ष्मण बानियाँले लेखेका छन् 

‘कौसीद’ मा ऋचा शर्मा, भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सन्दीप लोहनी लगायतको अभिनय छ । फिल्मको कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सह–निर्माता लक्ष्मण बानियाँ हुन् ।

बड पिक्चर्सको ब्यानरमा तयार भएको फिल्मलाई आर आर फिल्मस्ले वितरण गर्न लागेको हो ।