काठमाडौँ । मंसीर २९ गतेबाट रिलिज हुने फिल्मको नयाँ गीत ‘कागभन्दा कोइली चलाख’ सार्वजनिक भएको छ । गीतमा प्रताप दास र मेलिना राईको स्वर, डीपी खनालको शब्द र विकास चौधरीको संगीत छ ।

गीतमा गौरव पहारी, इओन लिम्बु, सिमोन गिरी, विल्सनविक्रम राई, विमला लिम्बु र गीता ढुंगानाको अभिनय छ । गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् । रोमान्टिक भावको गीतमा कलाकारहरु दिल खोलेर नाँचेका छन् ।

उदय सुब्बा निर्देशित फिल्ममा सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको पनि अभिनय छ ।

अजम्बरी फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी छ । फिल्मको एक गीतमा अभिनेता विल्सनविक्रम राईले पनि विशेष भूमिका निर्वाह गरेका छन् । मुस्ताङमा एक गीतको छायांकन गरिएको फिल्मको बाँकी छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत रहेको फिल्ममा राजु किराँतीको द्वन्द्व छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।