काठमाडौँ । गायक सुशील ज्ञवालीको लोकदोहोरी गीत ‘लजाउँदै लजाउँदै’ सार्वजनिक भएको छ । हरि गिरी विमर्शीको शब्द तथा संगीत र एचबिएन किस्मतको संगीत संयोजन रहेको गीत गायनमा ज्ञवालीलाई शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन् ।

गीतमाथि रमाइलो ढंगको भिडियो निर्माण भएको छ । गम्भीर विष्ट र गीता ढुंगानाको अभिनय रहेको भिडियो निर्देशन र कोरियोग्राफी गम्भीर आफैले गरेका हुन् ।

भिडियोमा अर्जुन तिवारीको छायांकन तथा मनोज कार्कीको सम्पादन छ । २०६४ सालमा पहिलो पटक लोकदोहोरी एल्बम ‘रैछौ चिटिक्कै’ बजारमा ल्याएर गायन थालेका सुशीलका त्यसपछि  ‘दाइको साली’, ‘तिम्रै बोली सुनेर रोइला’, ‘बोलायो मायाले’, ‘आमाको वेदना’, ‘हाम्रो नवलपरासी’, ‘लास्टै मन परेर’, ‘चुरिया छ्याई छ्याई’, ‘तिम्रै माया लाग्छ’ गीत बजारमा ल्याएका छन् ।