काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब साढे ६ किलो सुन बरामद भएको छ। विमानस्थलबाट शनिबार राति ६ केजी ५९० ग्राम सुन बरामद भएको  विमानस्थल सुरक्षा प्रहरीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार फ्लाई दुबईको उडान नम्बर ५७३ बाट पौने १ बजे आएका ३२ वर्षीय इजिप्टका नागरिक शेरिफ मोहम्मद लेसिनको साथबाट ६ केजी ५९० ग्रामसहित सुन बरामद गरिएको हो । 

उनको साथमा ६ वटा विस्कुट आकारको अर्घ ठोस अवस्थामा फेला परेको छ। इजिप्टका नागरिकको साथमा रहेका दुई जना सुडानी नागरिकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको तर उनीहरु संलग्न भए नभएको अनुसन्धानपश्चात पुष्टि हुने प्रहरीको भनाइ छ ।