झापा  । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की चढेको सवारी साधन तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल आदिवासी जनजाति महासङ्घ झापाका अध्यक्ष पाण्डवलाल चौधरीलाई पक्राउ गरेको छ ।

मङ्गलवार दिउँसो दमक पुगेका मुख्यमन्त्री कार्कीको गाडीमा ढुङ्गा र मुक्का प्रहार गरेर सिसा फुटाएको घटनामा संलग्न रहेको प्रमाणको आधारमा चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चौधरीलाई अर्जुनधारा नगरपालिका–८ बाट साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।