काठमाडौँ । नेपाली कथानक गीति चलचित्र ‘भाग्य’ यूट्युबमा सार्वजनिक भएको छ । जय मातृभूमि सिनेमा एण्ड क्रियशन प्रालिको ब्यानरमा निर्माण भएको यो गीति चलचित्र सार्वजनिक प्रदर्शन नगरी यूटुयुबमार्फत सार्वजनिक गरिएको हो ।

चलचित्रको काठमाडौं, चन्द्रनिगाहपुर लगायतका केही स्थानमा विषेश शो भने भएको थियो । चलचित्र २०७६ जेठमा सेन्सर भएको थियो ।  चलचित्रमा सबै कलाकारहरुले प्रारम्भदेखि अन्त्यसम्म नै गीतको माध्यमबाट अभिनय गर्दै दर्शक तथा स्रोतालाई मनोरञ्जन दिएका छन् ।

विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को ‘भाग्य’ ९गीति कवितामा आधारित० रहे चलचित्र निर्मँण भएको हो । चलचित्रमा दिना थामी, रमण थामी, राम कार्की, शान्ता कार्की, रानु कार्की, सुरेन्द्र महर्जन, सुर्य कमल राई, तृप्ती खड्का लगायत एक दर्जनभन्दा बढी गायक–गायिकाहरूको स्वर छ ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी भएर थुप्रै अवार्ड समेत प्राप्त यो चलचित्रमा  एसराज गराच, नीता ढुंगाना, सुनिल कटुवाल, अदिति श्रेष्ठ, पूर्णिमा लामा, विशाल के।सी, सानु ताम्राकार, प्रकाश श्रेष्ठ, कृष्ण भट्टराई, ईश्वर फुयाँल, निजल लामा, आयुषा श्रेष्ठ, सुरेन्द्र महर्जन, राजु श्रेष्ठ, सूर्य कमल राई, शंकर घतानी, रमेश एकल, नरेन्द्र भट्टराई, विष्णु के.सी, असिम शेर्पा, अतित लिम्बु, सुरेन्द्र अमात्य, जीवन शाही, तुलशा कटुवाल, छेकु लामा, निषा श्रेष्ठ, रोशन कुमार लगायतको अभिनय छ । 

चलचित्रका निर्माता सरिता महर्जन हुन् भने निर्देशक रोशन कुमार श्रेष्ठ रहेका छन् ।