काठमाडौं । कोरियाली भाषा परीक्षालाई लिएर भएको प्रदर्शनमा पुस १३ गते बालकुमारीमा दुई युवाले ज्यान गुमाए । आन्दोलनमा उत्रिंदा दिवंगत भएका सुजन रावत र वीरेन्द्र शाहको सपना घरको ऋण तिर्न र पैसा कमाउन विदेशिनु थियो ।

उक्त घटनाले मुलुक स्तब्ध बन्यो । सरकारले पनि यो घटनामा सुरक्षा कमजोरी स्वीकारिसकेको छ । यस्तोमा लोकप्रिय टेलिभिजन सिरिज ‘सक्किगो नि’ले उक्त घटनामा आधरित रहेर पछिल्लो एपिसोड ल्याएको छ ।

दलालको फन्दामा परेर अवैध बाटो हुँदै विदेशिन बाध्य युवाको नियति, रोजगारी माग्दा दमनमा उत्रिने राज्यको प्रवृत्ति र नागरिकमा बढ्दो वितृष्णाको कथामा उक्त सिरिज बनेको छ । ‘सक्किगो नि’को तेस्रो सिजनको ३३ एपिसोड बिहीबार राति हिमालय टिभीमा प्रसारण भएको छ भने युट्युबमा स्ट्रिमिङ भइरहेको छ ।