चीसो मौसममा तातो मकैको रोटी र रायोको साग को कुरा गर्दा मुखै रसाउँछ । यही खानाका लागि मानिसहरु रेष्टुरेन्ट पनि धाउने गर्छन् । यो स्वादिष्ट हुनुको साथै यसमा धेरै स्वास्थ्य लाभ पनि हुन्छ । मकैको पिठोमा प्रशस्त फाइवर पाइन्छ । यसको सेवनले मधुमेह, उच्च रक्तचाप, एनीमिया, गर्भावस्थाको साथै वजन बढाउन पनि सहयोग गर्छ । यसले छालालाई स्वस्थ राख्न समेत मद्दत गर्छ । आउनुहोस् जानौं अन्य फाइदाः

शरीरमा उर्जा दिन्छ
यदि काम गरिरहनुभएको छ भने मकैको रोटी खानुहोस् । मकैमा लामो समय सम्म उर्जा दिने तत्व हुन्छ ।

छाला स्वस्थ बनाउँछ
मकैमा भिटामिन सी र लाइकोपिन भनिने एन्टीआक्सीडेन्टहरुले कोलेजेनमो उत्पादन बढाँउछ र हाम्रो छालालाई युवी फ्री रेडिकल्सको कारणबाट हुने क्षतिबाट बचाउँछ ।

वजन बढाउन सहयोग गर्छ
तपाइको तौल कम छ भने मकैको रोटी देनिक खाने गर्दा तौल बढ्छ । यसबाट भिटामिन र फाइबर पाइन्छ ।

एनीमिया दुर गर्छ
यसले एनीमियाको जोखिमबाट कम गर्दछ । यसमा भिटामिन बी १२, फोलिक एसिड र फलाम पाइने हुदा रातो कोषहरुको लागी राम्रो गरी एनीमियाबाट टाढा राख्न सहयोग गर्छ ।

गर्भावस्थामा निकै फाइदा गर्छ
आमा र बच्चा दुवैको लागि मकैको रोटी धेरै राम्रो हुन्छ । यसले फोलिक एसिड, जीएक्सान्थिन र रोगजनक एसिड समावेस गर्ने कारण बच्चाको जन्मदोषको जोखिम कम गर्न समेत सहयोग गर्दछ ।

रगत, सुगर र कोलस्टोल नियन्त्रण गर्छ
मकै र मकैको तेलको सेवनले रक्तसंचार बढाउन सहयोग गर्छ । यसले कोलस्टोलको अवशोषणलाई घटाउँछ र इन्सुलिन पनि नियमित गर्दछ, जुन कोलस्ट्रोल र मधुमेहको बिरामीको लागि वरदान हो ।