चिसो मौसम शुरु भएसँगै मानिसहरुमा विभिन्न स्वास्थ्य सम्बन्धी समस्याहरु देखा पर्न थाल्छन् । जाडोमा सबैभन्दा बढी ओठ फुट्ने समस्याले सताउने गर्छ ।

ओठ फुटेमा पोल्ने, बोल्न नहुने, खाना खान गाह्रो हुने लगायतका समस्या देखिन्छन् । त्यति मात्र नभएर मानिसहरुको ओठ फुटेपछि रगत समेत बग्न थाल्ने गर्छ । यी यावत समस्याको समाधानका लागि केही घरेलु विधि अपनाउन सकिन्छ ।

– ओठ फुट्ने समस्या भएका ब्यक्तिहरुले भुलेर पनि ओठमा जिब्रोले चलाउनु हुँदैन् । यदि जिब्रोले बारम्बार ओठ छोएमा पनि सुख्खा भई फुट्छ ।

– चिसो मौसममा ओठ फुट्ने धेरै सम्भावता भएकाले बाहिर निस्कदाँ चिल्लो पदार्थहरु मह, घीउ, नरिवलको तेल, दूधको तर वा लिप गार्ड लगाएर मात्र निस्कनुपर्छ ।

– चिसोको समयमा धेरै धुम्रपान र मद्यपान गर्नाले पनि ओठ फुट्ने समस्या देखा पर्दछ ।

– जाडोको समयमा ओठ मात्र होइन्, छाला पनि फुट्ने भएकाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

– बाहिर बजारमा पाइने विभिन्न प्रकारको क्रिम पनि ओठमा लगाउनु हुँदैन् ।